भुटनिज क्याम्पले खुल्ला नृत्य प्रतियोगीता गर्ने

भुटनिज क्याम्पले खुल्ला नृत्य प्रतियोगीता गर्ने

पथरी, मोरङको पथरीशनिश्चरे १० मा रहेको भुटानी शरणार्थी सिविरले प्रदेश १ स्तरीय खुल्ला नृत्य प्रतियोगीताको आयोजना गर्ने भएको छ । क्याम्प व्यवस्थापन समितिको आयोजनामा हुने सो नृत्यमा नेपाली संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको छ ।

नयाँवर्ष २०७६ को अवसर पारेर बैशाख १ गते आयोजना गर्न लागिएको सो कार्यक्रममा प्रदेश १ का कम्तिमा पनि १५ वटा टिमले सहभागिता जनाउने आयोजकले बताएको छ । नृत्य विशेष गरेर नेपाली लोकसंस्कृति झल्कने खालका प्रस्तुत हुनेछन् । विभिन्न जातजातीको भेषभुषा, संस्कृति, रहनसहन झल्काउने नृत्यलाई विशेष प्राथमिकतामा राखिने कार्यक्रम आयोजक समितिका अध्यक्ष करण राइले जानकारी दिए । भुटानीहरु भुटानबाट आएका भएता पनि नेपाली संस्कृति प्रति त्यति नै माया र मोह रहेको हुदाँ संस्कृति जगेर्ना गर्नु आफ्नु उद्देश्य रहेको राईले बताए ।

नृत्यमा सहभागी हुनेले अनिवार्य संस्थागत रुपमा आउनुपर्ने, एकल तथा समुहिक दुवै नृत्यलाई सहभागी गराइने, सामुहिक नृत्यमा कम्तीमा ८ जना सहभागी हुनुपर्ने लगाएतका नियमहरु रहेको अध्यक्ष राईले जानकारी दिए । सहभागिताका लागि आयोजकसंग नै सम्पर्क गर्नपनि अध्यक्ष राइले जानकारी दिए ।

एकल र सामुहिक गरी दुवै विधामा मूल्याङ्न गरिने आयोजकले जनाएको छ । एकल तर्फ प्रथम पुरस्कार राशी १० हजार १० रुपैया, द्धितीय पुरस्कार राशी ५ हजार ५ रुपैँया सामुहिक तर्फ प्रथम पुरस्कार राशी १५ हजार १५ रुपैया र द्धितीय पुरस्कार राशी १० हजार १० रुपैया रहेको छ । कार्यक्रमका जम्मा लागत अनुमान २ लाखको गरिएको अध्यक्ष राईले जनाए । सो रकम विभन्नि देशमा पूनर्वास भएका भुटानी दाजुभइहरुले सहयोग गर्ने प्रतिवद्धता दिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर