धरानमा  कुखुरा फर्ममा आगलागी, २ करोड भन्दा बढीको क्षति

धरानमा  कुखुरा फर्ममा आगलागी, २ करोड भन्दा बढीको क्षति

धरान उपमहानगरपालिका वडा नं. १५ मा एक कुखुरा फर्ममा आगलागी भएको छ । धरान १५ कोकोनट हाउस छेउमा सञ्चालनमा रहेको वमबहादुर खड्काले दुई कट्ठामा सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी हुदा २ करोड भन्दा बढीको क्षति भएको बताइएको छ ।

विहीबार मध्यान्ह भएको आगलागीबाट एकतले टिनले बारेको कुखुराको फर्म, फर्ममा रहेका करिब ७ सय भन्दा बढी कुखुरा र एउटा कुकुर जलेर नष्ट भएका पीडित बमबहादुरका ससुुरा बद्रीबहादुर विष्टले बताए ।
आगलागीपश्चात दुई जना केटा त्यहाबाट भागेका कारण आगलागी उनीहरुले नै गरेको आंशका ससुरा विष्टले गरे । आगलागी नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटा दमकल र इटहरी उपमहानगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो भने नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा नगर प्रहरी समेत खटिएका थिए । आगलागी के कारणले भएको भन्ने खुल्न सकेको छैन ।

सम्बन्धित खवर