पूर्वमा विप्लप बन्दको प्रभाव

पूर्वमा विप्लप बन्दको प्रभाव

मोरङ, नेत्रविक्रम चन्द नेकपा (विपलप) माओवादीको बन्दका कारण विहिबार पूर्वको जानजीवन अस्तव्यस्त बनेको छ । पूर्वका धेरै स्थानहरुमा विभिन्न किसिमका बमहरु भेटिए । केही स्थानमा भने सवारी साधनमा आगजनि समेत भएको छ । पूर्वमा आज कुनैपनि क्षेत्रमा सार्वजनिक सवारीसाधनहरु गुडेन्न । सवारी नचल्दा आम सर्वसाधारणले चर्को सास्ती व्यहोर्नु प¥यो ।

मोरङको बेलबारी १० स्थित पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम भेटिएको थियो । सो बम भेटिएपछि करिब ३ घण्टासम्म सवारी आवतजावत नै रोकिएको थियो । बम भेटिएको करिब ३ घण्टापछि नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम निस्क्रीय पारेका थिए । करिव २ बजे सडकको विचमा वम राखेर दुइ जना युवा भागेको बताइए पनि उनिहरुलाई नियन्त्रणमा भने लिन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

चिसाङ खोलादेखि किरव एक सय मिटर पश्चिम विच सडकमा कुकरमा रातो टेपले बाधिएर बम राखिएको थियो । ३ लिटरको कुकरमा बाहीरबाट रातो टेपले बेरिएको अवस्थामा भेटिएको कुकरको भित्र बम बनाउन प्रयोग गरिने सामान डेटोनेटर २ थान, लुगाधुने र नुहाउने साबुन ४ थान, बम पड्काउन प्रयोग हुने कमाण्ड वायर (तार) लगाएतका सामान फेला परेको डिस्पोजल टोलीले जनाएको छ । यद्यपी सो कुकर बमनै तयार भइनसकेको र सर्वसाधारणलाई तर्साउनका लागि राखिएको डिस्पोज टोलीले जानकारी दिएको छ । साझँ ५ बजेतिर बम डिस्पोज भएपछि सो क्षेत्र यतिबेला सामान्य भइसकेको छ ।

यस्तै, उदयपुरको कटारी नगरपालिका — २ देवीधाप स्थित सडकमा पनि वम भेटिएको थियो । नेपाल बन्दलाई लक्षित गरेर वम राखिएको हुन सक्ने प्ररहीले बताएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुन ढुगा) सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेट अगाडी वम राखिएको इलाक प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । सो वम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

यसै बिचमा विप्लपले आव्हान गरेको बन्दको कारण आज प्रदेश १ का जिल्लाहरु बन्द रहे। पसल, यातायातका साधान पनि चलेन्न । धरान, इटहरी, झापा, उदयपुर, धनकुटालगायतका स्थान बन्द रहे । त्यसैगरि ग्रामिण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायातका साधनहरु पनि ठप्प भएको प्रहरीले जनाएको छ ।

विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव पर्नुका साथै शैक्षिकसंस्था बढि प्रभावित बने ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन प्रभावित बनेको हो ।

आज बिहानै देखि विराटनगरमा यातायातका साधन केहि मात्रामा मात्रै चलेका छन् । विषेशगरि लामो दुरीका सवारीसाधन प्रभावित भएका छन् । विराटनगरमा कल कारखाना, पसल भने खुला नै रहेको छन् तर शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् ।

सम्बन्धित खवर