१५ दिन सम्म परिवारले लाश बुझेन, प्रहरीले किटानी जाहेरी नलिएको परिवारको दावी

१५ दिन सम्म परिवारले लाश बुझेन, प्रहरीले किटानी जाहेरी नलिएको परिवारको दावी

मोरङ, मोरङको पथरीशनिश्चरे—७ का षडराज तामाङको लाश १५ दिन सम्म पनि परवारले बुझेका छैन्न । वडा नं. १ पथरीमा रहेको सिक्का बार एण्ड लन्चको तल रोडमा फागुन १६ गते राति षडराज मृत अवस्थामा फेलापरेका थिए । संका लागेका व्यक्ति उपर मृतकका परिवारले किटानी जाहेरी दिदाँपनि प्रहरीले सो जाहेरी दर्ता नै नगरेको गुनासो गरेका छन् ।

षडराजको मृत्यु भएको यतिका दिन वितिसक्दापनि प्रभावकारी रुपमा अनुसन्धान हुन सकेको छैन् । विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर अहिलेसम्म पनि अनुसन्धानको पाटोबाट कुनै आसलाग्ने जवाफ पाउन नसकेका परिवारले आफुहरु पिडित भएकाले न्याए दिलाइदिन समेत अनुरोध गरेका छन् । उनिहरुले षडराजको हाल सम्मपनि दाहसंस्कार गरेका छैन्न ।

 

घट्ना पश्चात इलाका प्रहरी कार्यालय पथरीले सिक्का बार सञ्चालक संजीव गिरी, धिरेन सुब्बा, नैना राई, साजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठलाई प्रहरी कायालयको सम्पर्कमा राखेको छ । मृतक षडराजकी श्रीमति मनिता तामाङले होटल सञ्चालकहरु र षडराजका साथिहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको बताए । सुरुमा प्रहरीले किटानी जाहेरी दिएमा प्रहरीलाई अनुसन्धानमा सहजहुने बताएको थियो । तर किटानी जाहेरी दिदाँपनि प्रहरीले दर्ता नगरेको र किटान गरिएका व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । यता प्रहरीले भने सुरुमा दिएको जाहेरीमा नै पछिल्लो जाहेरी पनि दर्ता हुने भएकाले एउटै दर्ता नं. हुने भन्दै किटानी जाहेरी दर्ता भइसकेको बताएको छ । किटानी जाहेरी आएको भएता पनि आरोपीत व्यक्तिहरुलाई प्रहरीले भनेको समयमा उपस्थित हुनेगरी छाडिएको छ अर्थात प्रहरीले आफ्नो सम्पर्कमा मात्रै राखेको छ । किटानी जाहेरी दिनेबितिकै आरोपितहरुलाई समातिनुपर्ने षडराज परिवारले बताउदै आएको छ । तर प्रहरीले भने त्यसरी नियन्त्रणमा लिइहाल्नुपर्ने आवश्यक्ता नभएको बताएको छ ।

घटनामा संलग्न व्यक्तिहरु पत्ता नलागेसम्म लाश नबुझ्ने परिवारले बताएको छ । तर घटना भएको लामो समय भएकाले मृत शरीरबाट दुर्घन्ध आउन थालेको उर्लाबारी मंगलबारे स्थित अस्पतालले बताउन थालेको पीडित परिवारले बताए । शवको पोष्ट मार्टम बी.पी.कोइराला विज्ञान प्रतिष्ठान धरानमा भएको थियो । पोष्ट मार्टम रिपोर्टमा टाउकोको हड्डी फुटेको आएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए । यद्यपि भिसेरा रिपोर्ट आउन बाँकी रहेको प्रनि बजगाईले बताए । किटानी जाहेरी दर्ता नभएको बारे प्रनि बजगाईले अनुसन्धनकै क्रममा रहेको बताउदै आखाएका छन् ।

पीडित परिवार भने प्रहरी कार्यालयको प्रमुख घट्नालाई होटलबाट झरेर मरेको भन्ने पार्न लागि परेको आरोप लगाउदै आएको छ । पत्रकार सम्मेलनमा मृतक षडाराज तामाङको पत्नि मनिता तामाङको पनि उपस्थिति थियो । तामाङले षडराज तामाङसँग विवाह गरेको सात महिना मात्र भएको थियो । मनिताको पेटमा पाँच महिनाको गर्भ रहेको छ ।

सञ्चार माध्यममा समाचार आउन थालेपछि पीडित परिवारलाई विभिन्न आश्वासन दिएर मिल्न दवाव दिदै आएको पीडित परिवारले बताए । पीडित परिवारलाई नगद आठ लाख दिने मुद्धा दर्ता नगर्न आश्वासन दिदै आएको बुझिएको छ ।
पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु र विभिन्न पार्टीका स्थानीय नेताहरु पनि पीडितलाई सहयोग गर्ने नाममा इलाका प्रहरी कार्यालयमा भीड लाग्न थालेको पीडित आङ्रिता तामाङले बताइन् । हामीले मुद्धा दार्ता गर्ने भनेपछि तापाईहरुको सहयोग गर्न आएको भन्दै जनप्रतिनिधिहरु र नेताहरु इलाका आउछन् । तामाङ भन्छिन ‘हामीलाई सहयोग गर्ने भन्छन तर, मुद्धा दर्ता नगर्नु भन्छन हामीले कसरी बुझ्ने ? उनिहरु हामीलाई सहयोग गर्न आएका हुन की बारका मालिकहरुलाई बचाउन आएका हुन् ?’

मृतकका दाजु ज्ञानु तामाङ विदेशबाट भाइको निधन भएको केही दिन पछि मात्रै आएका हुन् । आफूलाई न्याय दिन कोही नलागेको भन्दै ज्ञानुले पत्रकार सम्मेलनमा गुनासो गरे । दिदी टिका तामाङले पत्रकार सम्मेलनमा आशँु झार्दै भनिन् ‘हामीलाई सहयोग गर्ने कोही भएन्न ।’ पत्रकार सम्मेलनपछि होटल सञ्चालकका आफन्तहरु र केही जनप्रतिनिधिहरुले पीडित परिवारलाई धाकधम्की दिएको बताए । किन पत्रकार सम्मेलन गरेको भनेर प्रश्न गर्ने गरेको, तिमिहरुलाई हामीले सहयोग गर्छौँ भनेकै छ, कस्ले उचाल्दै छ तिमिहरुलाई ? भन्ने गरेको षडराजका दाजु ज्ञानु तामाङले बताए ।

 

सम्बन्धित खवर