पथरीशनिश्चरेका २ सय ४ वटा व्यवसायको अनुगमन्

पथरीशनिश्चरेका २ सय ४ वटा व्यवसायको अनुगमन्

पथरी, मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै थालिएको बजार अनुगमनका क्रममा दोस्रो दिन आज २ सय ४ व्यवसायिक पसलको अनुगमन् भएको छ ।

नगरपालिकाको राजस्व परामर्श समितिको योजना अनुरुप थालिएको अनुगमन्का क्रममा आज वडा नम्वर १ को पथरी बजार तथा ४ र ९ मा पर्ने शनिश्चरे बजारका २ सय ४ वटा पसल एवम् व्यवसायको अनुगमन् भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, कार्यपालिका सदस्य निर्मला गदाल, अरुणा राई सहित ४ र ९ नम्वरका सदस्य, सुरक्षाकर्मी, नगर कर्मचारी, पत्रकार सहितको टोलीले अनुगमन् गरेको हो ।

अनुगमन्का क्रममा २ सय ४ वटा पसल मध्ये १ सय ४७ वटा पसल नगरपालिकामा दर्ता नभएको र १ सय ८२ वटा नविकरण नभएको पाइएको अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।

नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको छ ।

अनुगमन्को पहिलो दिन हिजो १ नम्वर वडामा पर्ने पथरी बजारमा १ सय ४३ पसल व्यवसायको अनुगमन् भएको थियो ।

व्यवसायको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियानको लक्ष्य बनाएर नगरका सवै वजार अनुगमन् गर्ने योजना रहेको छ ।

सम्बन्धित खवर