नेपालको आर्थिक वृद्धिदर २/७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २/७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं: कोभिड१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ । विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १/९९ प्रतिशत कायम भएको थियो । यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २/७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो । तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो । कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ ।

नेपालको आर्थिक वृद्धिदरको तालिका :-

.आव २०७६र७७ स् –१/९ प्रतिशत (प्रारम्भिक)
.आव २०७७र७८ स् २/७ प्रतिशत (पूर्वानुमान)
.आव २०७८र७९ स् ३/९ प्रतिशत (पूर्वानुमान)
.आव २०७९र८० स् ५/१ प्रतिशत (पूर्वानुमान)

सम्बन्धित खवर