सडक बत्तिले मानव रहित सुरक्षा गार्डको काम गर्नेमा विश्वस्त छुः मेयर फागो

सडक बत्तिले मानव रहित सुरक्षा गार्डको काम गर्नेमा विश्वस्त छुः मेयर फागो

उर्लाबारी । विशेष गरि सडक क्षेत्र अध्यारो हुदा रातको समयमा हुने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यका सडक क्षेत्रमा २० लाख रुपैया खर्चेर उर्लाबारी नगरपालिकाले बत्ति जडान गरेको छ ।

उत्तरी मोरङको उर्लावारी नगरपालिकाले उज्यालो नगर अभियान अन्र्तगत पालिकाको पुर्वी सिमाना मावा खोला देखी पश्चिमी सिमा सन्जोरा खोला सम्मको ६ किलोमिटर सडक क्षेत्रमा सडक बत्ती जडान अभियान थालेको हो ।
उज्यालो नगर बनाउने उद्देश्यले थालिएको योजनाले विषेश गरि सडक दुर्घटनामा हुने हिट एण्ड रनको केस, र सडक क्षेत्रमा हुने अपराधिक कृयाकलापमा न्युनिकरण गर्न मद्दत पुग्ने उर्लाबारी मेयर खड्ग बहादुर फागोले बताए ।

फागोले सडक बक्तिको स्विच अन गर्दै भने-“सडक बत्तिले मानव रहित सुरक्षा गार्डको काम गर्नेमा विश्वस्त छु।”
पुणर् रुपमा सडक बत्ति जडान गर्नका लागि १ सय १४ वटा पोलको जडान गरि सकिएको भए पनि पहिलो चरणको परिक्षणका लागि मावा देखी बक्रा सम्म ५१ पोलमा बत्ति बालिएको छ ।
अर्को महिना बाट बक्रा खोला देखी सन्जोरा खोला सम्म बत्ति आइसक्ने मेयर फागोले बताए ।
स्थानिय सरकारले गर्ने हरेक विकाश निर्माणका कामहरु मध्येको यो कार्यलाई पनि एक महत्वपूणर् हिसाबले स्थानियहरुले लिएका छन् ।

सम्बन्धित खवर