बंगलादेशविरुद्धको सिरिजमा वेष्ट इन्डिज विजयी

बंगलादेशविरुद्धको सिरिजमा वेष्ट इन्डिज विजयी

टेष्ट च्याम्पियनसीप अन्तर्गत वेष्ट इन्डिज बंगलादेशविरुद्धको सिरिजमा विजयी भएको छ । दोस्रो टेष्टमा घरेलु टोली बंगलादेशलाई १७ रनले पराजित गर्दै दुई खेलको टेष्ट सिरिज २–० ले क्लिन स्विप गरेको हो ।

वेष्ट इन्डिजले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको बंगलादेश २ सय १३ रनमा समेटियो । बंगलादेशका तामिम इक्बाले ५०, मेहिदी हसनले ३१, मोमिनुह हकले २६ तथा लिटोन दासले २२ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेन ।

वेष्ट इन्डिजका राहकीम क्रोनवालले ४, क्रैग ब्रेथवाइट र जोमेल वार्रिकानले समान तीन–तीन विकेट लिए ।

यसअघि खेलको चौथौ दिन वेष्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रनमा समेटिएपछि बंगलादेशलाई २ सय ३१ रनको विजयी लक्ष्य दिएको हो ।

वेष्ट इन्डिजले पहिलो पारीमा १ सय १३ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा वेष्ट इन्डिजका नक्रमा बोनरले ३८, जोशुवा डा सिल्भाले २० तथा जोन काम्पबेललेले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका ताइजुल इस्लामले ४, नईम हसनले ३ तथा अबु जायदले २ विकेट लिए ।

पहिलो पारीमा वेष्ट इन्डिजले ४ सय ९ रन बनाएको थियो ।

यस्तै, बंगलादेशले पहिलो पारीमा लिटोन दास, मेहिदी हसन र मुश्फिकुर रहिमको अर्धशतकीय पारीको मद्धतमा २ सय ९६ रन बनाएको थियो ।

पहिलो टेष्टमा वेष्ट इन्डिज ३ विकेटले विजयी भएको थियो ।

सम्बन्धित खवर