ज्योति विकास बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस दिने

ज्योति विकास बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस दिने

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले उक्त १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ पुग्ने भएको छ । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत शेयरधनीहरूलाई साधराणसभामा सहभागी गराएको थियो ।

सभाले बैंकको आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले ज्योति विकास बैंक संस्थापक शेयरधनी समूहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी चार वर्षका लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

सम्बन्धित खवर