दाने समुहको स्थान सडक नै हो ः मन्त्री ढकाल

दाने समुहको स्थान सडक नै हो ः मन्त्री ढकाल

पथरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले दाहाल नेपाल समुहको कम्युनिष्ट पार्टीको स्थान सडक नै रहेको बतएका छन् ।

केपी ओली पक्षीय युवासंघ पथरी शनिश्चरेले गरेको कार्यक्रमको सम्बोधन गर्दै मन्त्री ढकालले कटाक्ष गरेका हुन् । सरकारमा रहेर काम गर्नुपर्ने बेलामा सडकमा गएर हामी यता छौँ भन्दै तमासा देखाउनेहरुको सहि स्थान सडक नै रहेको भन्दै पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल (दाने) समुहको कडा आलोचना गरे ।

सरकारमा रहेर काम गर्न नदिइ घेराबन्धी गर्ने, निर्वाचनमा जान पनि डराउने परिवारवादमा लागेका दाहाल नेपाल समुहलाई मतपरिणामले देखाउने ढकालले बताए । कर्सी मोहका कारण सडकमा पुगेका दाहाल नेपाल पक्ष कहिलेपनि सरकारमा आउन नसक्ने ढकालले ठोकुवा गरे ।

आफ्नो निर्वाचन क्षेत्रबाट दिएको मतको सधैं कदर गर्ने बताउदै ढकालले आफु कानुन, स्वास्थ्य मन्त्री हुँदा ताका गरेका कामको पनि फेहरिस्त सुनाए । आउने निर्वाचनको पूर्व तयारी नै रहेको बताउदै सबै कार्यकर्ताहरुलाई तयारी रहन समेत ढकालले अनुरोध गरे । संसद विघटन गर्नु संवैधानिक रहेको जिकिर गर्दै ढकालले ताजा जनादेशमा जानुपर्ने बताए ।

कार्यक्रममा वन तथा वातावरण वन्त्री प्रेम बहादुर आलेमगर, युवासंघ केन्द्रिय अध्यक्ष रमेश पौडेल, युवासंघ पूर्व राष्टिय उपाध्यक्ष पर्शुराम बस्नेत, मोरङ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य ऋषिकेश पोखरेल, केन्द्रिय सदस्य बिनोद ढकाल लगायतले कार्यक्रमा सम्बोधन गरे । कार्यक्रम युवासंघ पथरी शनिश्चरे अध्यक्ष नविनजंग कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

सम्बन्धित खवर