नेपाली कांग्रेस चुनावमा जान तयार छ : सभापति देउवा

नेपाली कांग्रेस चुनावमा जान तयार छ : सभापति देउवा

सिन्धुपाल्चोक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो ।

सभापति देउवाले अदालतमा विचाराधीन विषयमा कांग्रेसले दबाब नदिए बताउनुभयो। ‘सडक आन्दोलनबाट कुनै निर्णय हुँदैन,’ उहाँले भन्नुभयो, ‘अहिले अदालतमा मुद्दा विचाराधीन छ। अदालतको निर्णय कुर्नु नै आजको आवश्यकता हो।’

उहाँले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको जुनसुकै निर्णय पनि स्वीकार गर्ने प्रष्ट् पार्नुभयो। ‘अदालतले संसद पुनर्स्थापना गरेमा संसदमा जान तयार छौँ। निर्वाचन हुने भएमा त्यसका लागि समेत तयार नै छौँ,’उहाँले भन्नुभयो, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको निर्णयलाई स्वीकार गर्छ।’

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: