११ करोड लागतको प्लाई उद्योगको पथरीमा सिलान्यास

११ करोड लागतको प्लाई उद्योगको पथरीमा सिलान्यास

पथरी, मोरङको पथरी शनिश्चरेमा करिब ११ करोडको लागतमा खुल्ने प्लाई उद्योगको सिलान्यास भएको छ ।

पथरी शनिश्चरे ९ मा सो उद्योगको सोमबार पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्टले सिलान्यास गर्नुभयो । शिलान्यासपछि बोल्दै उपप्रमुख विष्टले नगरमा यति ठुलो उद्योग खोलेर स्थानीयहरुलाई नै रोजगार दिने अभियान समेत चालेकोमा सञ्चालक टिमलाई बधाईका साथ धन्यबाद दिनुभयो । स्थानियस्तरमा उद्योग तथा व्यवसाय खुल्दा सोही ठाउँका मानिसहरुले रोजगारी पाउने भएकाले त्यस्ता उद्योगलाई करमा समेत केही छुट दिनुपर्ने विष्टले बताउनुभयो ।

डोर कन्सेप्ट नेपाल कम्पनिको नाममा दर्ता भएको कम्पनिका ७ जना पथरी शनिश्चरे र काठमाडौँका व्यवसायीहरुको संयुक्त लगानी रहेको छ । २ विघाहा जमिनमा सञ्चालन हुन लागेको उक्त उद्योगमा स्थानिय करिब ५०० जनाले रोजगार पाउने कम्पनिका अध्यक्ष नरेष घतानीले जानकारी दिनुभयो ।

सञ्चालक टोलीका सदस्य भुवन थापाका अनुसार भेनीयर प्लाई र डिजिटल ढोका सो कम्पनीबाट उत्पादन हुनेछ । असार सम्ममा उद्योग निर्माण कांर्य सम्पन्न गरि निर्माण कार्य थाल्ने समेत उहाँले जानकारी दिनुभयो । बजार भन्दा बाहिर गाउँ क्षेत्रमा उद्योग सञ्चालन हुँदा गाउँलाई समेत फाइदा पुग्ने भन्दै स्थानियहरु समेत हर्षित बनेका थिए ।

सम्बन्धित खवर