तरकारी खेतीका एक सफल कृषक ः सरकारी अनुदानको खाचो

तरकारी खेतीका एक सफल कृषक ः सरकारी अनुदानको खाचो

राजेन्द्र महतो, लहान

परम्परागत खेती गर्दै आइरहेका सिरहाको कर्जन्हा ३ बन्दिपुरका किसान व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।

परम्परतागत खेती भन्दा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कर्जन्हा ३ का किसान दिप नारायण साह व्यवसायिक तरकारी खेतीप्रति आकर्षित भएका हुन् । कम समय र थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि साह परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीतिर तानिएका छन् ।

कृषक साहले आफ्नो ब्यक्तिगत ६ कट्टा जग्गामा व्यसायिक तरकारी खेतीमा लागेका हुन् । ६ वर्षअघि थोरै लगानीबाट व्यवसाय शुरु गरेका शाहले अथक मेहनतका कारण बर्सेनि लाखौं रुपैया आम्दानी हुने गरेको बताए ।

अहिले तरकारी खेती गर्दा आम्दानी बढ्नुका साथै जीवनस्तरमा सुधार भएको अर्का कृषक दिप नारायण साहले बताए । तरकारी खेती गरिरहेका साहले अहिले ६ कठ्ठा जग्गामा व्यावासायिक तरकारी खेती गरिरहेका छन् । शाहले डेड कठ्ठामाआलु र २ कठ्ठामा काउली लगाएका छन् । बाँकी अडाइ कठ्ठामा भण्टा, धनिया, लौका र सिमी लगाएका छन् ।

उनले ६ कठ्ठामामा बाह्रै महिना तरकारी उत्पादन गर्छन् । उनले आफू र श्रीमतीसंगै सिजनको बेला दैनिक पाँच सय रुपैयाँमा ४, ५ जनालाई ज्यालादारी काम दिने गरेका छन् । उनको मिहिनेत कम्ती प्रेरणादायी छैन् । उनी आफ्नै बैल गाडा मा तरकारी बोकेर स्थानीय बन्दिपुर बजार पुग्छन् । तरकारीबाट एक सिजनमा सबै खर्च कटाएर १ लाख भन्दा बढी रुपैयाँ बचत गर्ने गरेका छन् ।

कर्जन्हा वडा नं. ३ का प्रत्यासी वडाद्य्यक्ष प्रकाश कोइरालाले पनि तरकारी खेति गरिरहेका छन् । बीउm, मलखाद, सिँचाइ आदि सम्पूर्ण काम किसानले आफैँले गरिरहेकोमा सरकारी अनुदान भएमा किसानले झन् राम्रो गर्ने कोइराला बताउँछन् । तरकारी खेतीको लागि अहिलेसम्म सरकारी अनुदान केही पनि नपाउँदा सरकारप्रति किसानहरु आक्रोसित देखिएको कोइरालाले बताए ।

सम्बन्धित खवर