लकडाउनले फेरेको गायत्रीको जीवन शैली, लकडाउनमै सिके मुर्ती बनाउन

लकडाउनले फेरेको गायत्रीको जीवन शैली, लकडाउनमै सिके मुर्ती बनाउन

अर्जुन काफ्ले, पथरी

अघिल्लो वर्षको चैत्र सम्म मोरङ्गको मिक्लाजुङ्ग ५ साम्लिङका गायत्री कुलुङ्ग कृषी मजदुर थिए । गाँउघरमा हुने मेला पातमा सक्रिय रहने उनको रुची मुर्ती कला तर्फ पनि थियो । वजार चोकमा वनाइएका मुर्ती र शालिक कसरी वनेका छन् भन्ने हेरेरै मुर्ती वनाउन थालेका उनलाई सरकारले कोरना भाइरसको संक्रमण वडने भन्दै ‘लकडाउन’ गरेपछि मुर्ती वनाउन थप मार्ग प्रसस्त वन्यो । सरकारले गरेको लकडाउनले उनको अहिलेको जिवनशैली नै परिर्वतन भएको छ ।

८ महिनाका विचमा सिकेको सिपले अहिले कुलुङ्गलाई व्यावसायीक मुर्तीकारका रुपमा परिचय दिइएको छ । लकडाउनले अधिकांशलाई तनाव बनाए पनि कुलुङ्गलाई भने यो समय अवसर बनेर आयो । २४ बर्षे कुलुङ्गले लकडाउनकै समयमा माटो र ढुंगालाई विभिन्न आकृति दिँदै मूर्ति बनाउन थालेका छन् । उनले वनाएका मुर्ती विक्रि हुन थालेसंगै उनको व्यावसाय पनि राम्रोसंग चल्न थालेका छन् । सानै उमेरदेखि नै मूर्तिमा सौखिन कुलुङ्गलाई मूर्ति बनाउन चाहिँ लकडाउनले नै सिकायो । उनले भने ‘फुर्सदको समय मिल्यो खोलामा पुगेर ढुङ्गा ल्याएर मुर्ती बनाउन थालेँ’‘मुर्ती बनाउने रहर सानै उमेर देखी भए पनि यो लकडाउन बाटै मुर्ती बनाउन थालँे’ ।

गाँउघरबाट नजिकैको पहाडी भागमा कमेरो माटो लिन जादा उनले त्यहि कमेरो माटोलाई विभिन्न भगवानका आकृतीका मृर्ती बनाएर छोडने गरेका थिए । कुलुङ्गले बनाएका कति मुर्ती त गाँउलेले भगवान भेटिएको भन्दै घर लाने गरेको कुलुङ्गले बताए ।

माटोमा बनाइने मुर्ती भन्दा ढुङ्गामा आकृती कुदन थप मेहनत गर्नु पर्ने उनी बताउछन् । बजार र चोकमा भेटिएका शालिकलाई कसरी बनाइएको छ त्यो हेरेर नै ढुङ्गालाईे आकृती दिन थालेको बताउछन् । ढुंगा, सिमेन्ट, माटोबाट मुर्ति बनाउदै आएका उनलाई थप तालिम लिने इच्छा छ । ढुङ्गाको जोहो गर्न नजिकै रहेको तेली खोलामा पुग्ने गर्छन् । ढुङ्गा नजिकै भएकाले उनलाई अरु समस्या भने छ्रैन् ।

औपचारीक तालिम बिना नै मुर्तीकला सिकेका उनले हालसम्म २ सय भन्दा बढि मुर्ती बनाई सकेका छन् । उनले भने ‘बाहिर काममा जानु नपरेपछि मुर्ति निर्माण गर्न समय पाएको र लकडाउन एउटा अवसर बनेर आयो’। कुलुङले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृती ढुुंगामा कुँदेका छन् । एक मुर्ति बनाउन कम्तिमा पनि ३ महिना लाग्ने र एउटा ढुंगाको मुर्ति ३ लाख सम्ममा विक्रि हुने उनी बताउछन् ।
गाँउघरमा पाइने हाते औजार र केहि आधुनिक औजार प्रयोग गरेर उनि मुर्ति निर्माण गर्दै आईरहेका छन् । उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्बरको मुर्ती ठुलो साम्लिङमा राखिएको छ ।

सम्बन्धित खवर