प्रदेश १ मा आज ४६८ संक्रमित थपिए, पथरी शनिश्चरेमा ७ जना थप

प्रदेश १ मा आज ४६८ संक्रमित थपिए, पथरी शनिश्चरेमा ७ जना थप

विराटनगर, प्रदेश १ मा आज ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २/२, भोजपुर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको छ ।

विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरंगको सुन्दरहरैँचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरी शनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २/२, कटहरी, रंगेली र रतुवामाईमा १/१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहवीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३/३, गढी र इनरुवामा २/२, देवानगञ्ज र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ ।

उता झापाको विर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २/२, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१, ते¥हथुमको म्याङलुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १/१, धनकुटामा २, संखुवासभाको खाँदबारी र सभापोखरीमा १/१, भोजुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ । प्रदेश १ मा आजै २२१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म प्रदेश १ मा मात्रै १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर