दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स लिग तालिकाको शिर्ष स्थानमा

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स लिग तालिकाको शिर्ष स्थानमा

काठमाडौँ : युएईमा जारी इन्डियन प्रिमियर लिग क्रीकेट (आइपियल) मा शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

खराब सुरुवात गरेको दिल्लीका ओपनर पृथ्वी शाह व्यक्तिगत ४ रनमा पहिलो ओभरको तेस्रो वलमा आउट भएका थिए । तेस्रो क्रममा ब्याटिङमा आएका अजिन्क्या रहाणे पनि चल्न सकेनन् र उनि टिमको स्कोर २४ रन हुँदा व्यक्तिगत १५ रनमा पभेलियनको बाटो तताएका थिए ।

खराब सुरुवात गरेको दिल्लीलाई मध्यम स्कोरमा पुर्याउन ओपनर शिखर धवनले ५२ बलमा ६ चौका तथा १ छक्काको मद्दतले नट आउट रहदै सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै कप्तान श्रेयस अयरले ३३ बलमा ४२ रन बनाउन सके ।

मुम्बईका लागी बलिङतर्फ क्रुनाल पाण्डेले २ तथा,ट्रेन्ट बोल्टले १ विकेट लिए । दिल्लीका मार्कोस स्टोइनिस रनआउट भएका थिए ।

१६५ रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको मुम्बईले उक्त लक्ष्य १९।४ ओभरमा ५ विकेट गुमाउँदै भेट्न सफल भयो । मुम्बईका लागी दक्षिण अफ्रिकी विकेरकिपर ब्याट्सम्यान क्विन्टन डि कक तथा सुर्यकुमार यादवले समान ५३ रनको योगदान दिए । यस्तै इशान किसनले २८ रन बनाउदा किरण पोलार्ड ११ तथा क्रुनाल पाण्डे १२ रनमा नट आउट रहे ।

बलिङतर्फ दिल्लीका लागी कगिसो रबादाले २ तथा अक्सर पटेल,रविचन्द्रन आस्विन तथा मार्कोस स्टोइनिसले समान १र१ विकेट लिए ।

खेलको म्यान अफ द म्याच मुम्बईका क्विन्टन डि कक घोषित भए । आइपियल अन्तर्गत आज राती रोयल च्यालेन्जर्स बङ्लोर्स तथा कोलकाता नाइटराइडर्स बीच खेल हुनेछ ।

सम्बन्धित खवर