इंग्ल्यान्डले बेल्जियमलाई हराउदा फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए

इंग्ल्यान्डले बेल्जियमलाई हराउदा फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए

एजेन्सी : युईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले बेल्जियमलाई हराउदा विश्व विजेता फ्रान्स तथा युरोपेली च्याम्पियन पोर्चुगलले भने गोलरहित बराबरी खेलेका छन् ।

इंग्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा भएको खेलमा बेल्जियमलाई २(१ ले हराउन सफल भयो ।

खेलमा अग्रता भने बेल्जियमले रोमेलु लुकाकुको पेनाल्टी गोलमा लिएको थियो । इंग्ल्यान्डका लागी मार्कस रासफोर्ड तथा मासोन माउन्टले गोल गर्दै महत्त्वपूर्ण जित दिलाउन सफल भए ।

यस्तै हिजो भएको खेलमा विश्व विजेता फ्रान्स तथा युरोपेली च्याम्पियन पोर्चुगल बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

रोचक खेलको अपेक्षा गरेपनि दुबै टिमले आफ्नो स्तर अनुसार खेल देखाउन असमर्थ भएका थिए । र नतिजा दुबै टिमको लागी निराशाजनक रह्यो ।

हिजो भएका अन्य खेलमा इटाली तथा पोल्यान्डले पनि गोलरहित बराबरी खेलेका छन् भने नर्वेले रोमानियालाई ४(० ले हराएको छ ।

सम्बन्धित खवर