नया कालोपत्रे सडक दुई महिनामै उक्किन थाल्यो, किर्ते हस्ताक्षर गरी अनियमिता गरेको समितिकै सदस्यको आरोप

नया कालोपत्रे सडक दुई महिनामै उक्किन थाल्यो, किर्ते हस्ताक्षर गरी अनियमिता गरेको समितिकै सदस्यको आरोप

रंगेली, मोरङ्गको रंगेली नगरपालिका वडा नं. ४ मा निर्माण भएको कालोपत्रे सडक गुणस्तरहिन र किर्ते हस्ताक्षर गरी रकम निकसा गरिएको उपभोक्ता समितिकै सदस्यहरुले आरोप लगाएका छन् । रंगेली नगरपालिका वडा नं. ४ चोप्रँहमा निर्माण गरिएको ७० लाख रुपैया बजेटको सडक निर्माण कार्यमा अनियमिता समेत भएको आरोप समितीका पदाधिकारीहरुले लगाउदै पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् ।

रंगेली नगरपालिका वडा नं. ४ को वडागत योजना अन्तरगत निर्माण गरिएको कालेपत्रे सडक निर्माण उपभोक्ता समितका आधा सदस्यहरुले कालोपत्रे सडक निर्माणमा किर्ते हस्ताक्षर गरी नगरपालिका बाट रकम निकासा गरेको बताएका छन् । रंगेली नगरपालिका वडा नं. ४ ले आर्थिक वर्ष २०७५÷७६को वडागत योजनामा सिक्किम लालको दोकान देखी दक्र्षिण बोडर सम्म सडक कालोपत्रे निर्माणका लागि ७० लाख रुपैया छुट्याएको थियो । बिहिवार १३ सदस्य निर्माण दस्य समिति मध्ये ६ जना सदस्यहरुले अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्यको मिलेमतोमा बजेट सार्वजनिकरण समेत नगरि किर्ते गरी नगरपालिकाबाट रकम निकासा गरेको आरोप लगाएका छन् । निर्माण समितिका सदस्य विशेश्वर मण्डलले आफुहरुलाई थाहै नदिई कागजपत्र मिलाएर बजेट निकालिएको बताए । उनले भने– समितिका सदस्य परेखा देवी मण्डल भारतको पब्जाव गएकी छिन् तर उनको माईनेटमा किर्ते हस्ताक्षर गरेर नगरमा पेश गरिएको छ, हामीले गाँऊको काम शुरु देखि नै गुणस्तर हुनुपर्छ भन्दै आएका थियौँ तर समितिका अध्यक्ष अशोक मण्डलले आफुखुशी गरे ।

नगरपालिकासंग २०७५ साल फागुन ३० गते सम्झौता भई दुई पटक सम्म म्याद थप भई दुई वर्ष देखि निर्माण हुन नसकेको करिव ५ सय १२ मिटर सडक यसै आर्थिक मसान्तमा काम सम्पन्न भएको कागजात पेश गरि रकम निकासा गरिएको छ । निर्माणको क्रममा २ पटक लागत स्टिमेट परिर्वतन भएको सदस्य मण्डलको आरोप छ । शुरुमा २० फिट चौडाईको कालोपत्रे भनिएको थियो पछि, पोखरीमा स्टेपवाल निर्माण गर्नु परेपछी १८ फिट भयो तर बाटो १६ फिट समेत कालोपत्रे नभएको बताए ।

बाटो निर्माण गर्दा माटो हाल्नुको सट्टा बालुवा हालेर सदस्यकै आखामा छारो हाल्ने काम समितिका पदाधिकारीहरुले नै गरेको सदस्य विशेश्वर मण्डलको आरोप छ । बालुवा हाल्ने कामको विरोध भएपछी माटो हालियो त्यहि देखि समितिका सदस्यहरु विच विवाद शुरु भयो त्यँहा देखि अध्यक्षले सचिव र कोषाध्यक्ष सहित केही सदस्यहरुलाई आफनो पक्षमा राखेर हामीलाई थाह नदिई काम गरिएको आयोजित पत्रकार सम्मेलनमा सहभागी सदस्यहरुले गुनासो पोखे ।

अर्का सदस्य प्रमानन्द मण्डलले रकम निकासा भएको कुरा आफुहरुले गाँऊबाट थाह पाएको बताए । समितिका सदस्य गिता देवी मण्डलले आफुलाई झुटो बोलेरे माइन्युटमा हस्ताक्षर गराएको बताइन् । उनिहरुले घटनाको छानविन नभए आफुहरु अख्तियारमा समेत उजुरी गर्ने बताएका छन् ।

समितिले रंगेली ७ स्थित रहेको आकृती कन्ट्रक्सनबाट सडक कालोपत्रे गराएको छ । निर्माण सम्पन्न भएको तीन महिना नबित्दै सडकमा झार उम्रन थालेको छ भने ठाउँ ठाउँमा कालोपत्रे उक्किन समेत थालेको छ ।

समितिका अध्यक्ष अशोक मण्डलले लागत स्टमेट अनुसार नै काम गरिएको बताउदै कुनै अनियमिता नभएको र केही सदस्यले आफनो बदनाम गराउन खोजेको बताउदै परेखा देवी मण्डल नभएकाले उनको छोरीसंग हस्ताक्षर गराएको स्वीकारेका छन् । यता सचिव रणबहादुर मण्डलले योजना सम्पन्न भएपछी समितिका सबैलाई पटक पटक बोलाउदा केही सदस्यहरु नआउने र पछीबाट विवाद मात्र गर्ने गरेको बताए । उनले भने –नगरपालिकाको अनुगमन टोलीले निरिक्षण गरी योजना स्वीकृत भएको बताउदै कुनै अनियमिता नभएको दाबीगरे ।

सम्बन्धित खवर