वडा अध्यक्षमा कोरोना देखिएपछि वडा सिल

वडा अध्यक्षमा कोरोना देखिएपछि वडा सिल

राजकुमारी तामाङ, पथरी : मोरङको कानेपोखरी गाउपलिका वडा नम्बर २ का वडा अध्यक्ष साथै गाँउपालिकाका प्रवक्तामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत आइतबार गरिएको पिसिआर टेष्टमा उनलाइ संक्रमण पुष्टि भएको हो । गाउपालिका उपाध्यक्ष सहित २४ जनाको पिसिआर टेष्ट गरिएकोमा वडा अध्यक्षलाई पोजेटिभ देखिएको गाउपालिकाका स्वास्थ प्रमुख रोहिन्द्रराज भण्डारीले बताए । उनका अनुसार वडा नम्बर ७ का १ जना ५४ वर्षिय पुरुषको मृत्यु भइसकेको र ५ जना उपचार पछि निको भइसकेका छ्न ।

यस्तै कानेपोखरी गाउपालिका वडा नम्बर ५ कि वडा सचिवको श्रीमानलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएकाले २ र ५ नम्बर वडा हाल सिल गरिएको गाउपालिका अध्यक्ष तारा बहादुर काफ्लेले जानकारी दिए । अन्य बिषयमा भने गाउपलिकाको कार्यपालिकाको बैठकले टुङ्गो लगाउने छ।

सम्बन्धित खवर