एम्बुलेन्स चालकसंघका अध्यक्षका एम्बुलेन्स नै अपराधिक कार्यमा संलग्न (भिडियो सहित)

एम्बुलेन्स चालकसंघका अध्यक्षका एम्बुलेन्स नै अपराधिक कार्यमा संलग्न (भिडियो सहित)

को २ च २८८२ नं. को एम्बुलेन्सले सुरुमा इटहरीसम्म पु¥याएर को २ च ३१२१ नं. को एम्बुलेन्समा छाडेको तर बनेपामा को २ च २८८२ नं को सोही एम्बुलेन्स कसरी पुग्यो ?

पथरी, मोरङ एम्बुलेन्स चालक संघका अध्यक्ष चन्द्र पराजुलीका एम्बुलेन्स नै अपराधिक कृयाकलापमा संलग्न हुने गरेको पाइएको छ । गत भाद्र १७ गते मोरङको पथरी शनिश्चरे ८ बाट बहिनीलाई अपहरण गरेर काठमाडौं लैजाने अपराधिक कार्यमा पराजुलीका २ वटा एम्बुलेन्स प्रयोग भएको पाइएको हो ।

भिडियो

२१ वर्षीय सुजन रणपहेँलीले आफ्नै काकाकी १४ वर्षीय छोरीलाई २ लाख रुपैँया नगद सहित अपहरण गरेको भनेर पिडित भनिएको परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको छ । सोही अपराधिक घटनामा पराजुली मातहतका को २ च २८८२ नं. को काजिमान पराजुली मेमोरियल ट्रष्ट र को २ च ३१२१ नं. को विपलभ थापा (गोदार) मेमोरियल ट्रष्टको नाममा रहेका एम्बुलेन्स प्रयोग भएका हुन् ।

पथरीबाट इटहरी सम्म पुग्नका लागि काजिमान पराजुलीको र इटहरीबाट विपलभ थापाको नाममा रहेका एम्बुलेन्स प्रयोग भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । गिरीका अनुसार इटहरीमा पुगेर एम्बुलेन्स परिवर्तन गरी थापाको नाममा रहेको एम्बुलेन्समा बनेपा सम्म पुगेको र पूनः सुरुमा इटहरी सम्म पु¥याउने पराजुली ट्रष्टका नाममा रहेको को २ च २८८२ नं. को एम्बुलेन्सले नै काठमाडौं सम्म पु¥याउने क्रममा साँगामा पक्राउ परेका हुन् ।

यसरी पथरी, इटहरी र बनेपा ३ स्थानमा भेटिएका एम्बुलेन्स चन्द्र पराजुलीकै मातहतमा रहेका एम्बुलेन्स पाइनुले घटना अझै शंकास्पद रहेको छ । इटहरीमा अर्को एम्बुलेन्सलाई मान्छे छाडेको को २ च २८८२ नं. को एम्बुलेन्स पूनः काठमाण्डौं पु¥याउनका लागि बनेपा पुग्नु र दुबै एम्बुलेन्स साँगामा पक्राउ पर्नुले पराजुलीको नियत माथी पनि शंका गर्ने ठाउँ प्रसस्त रहेको छ । यसअघि पनि पटक पटक विभिन्न घटनामा पराजुली जोडिदै आएका छन् । बिराटनगरका एक एम्बुलेन्स चालकले भने ‘पराजुली यस्ता कुरामा निकै बाठा छन् । हाम्रा अध्यक्ष त हुन् तर विभिन्न ट्रष्टका नाउँमा ८, १० वटा एम्बुलेन्स आफैले भाडामा चलाउछन् । प्रहरी देखि जनस्वास्थ्य सम्म राम्रो पहुँच भएका उनको त व्यावसाय नै एम्बुलेन्स भाडामा चलाउने हो ।’

यस विषयमा निज चन्द्र पराजुलीले भने बिरामी लिएर जाँदा कसैले लिफ्ट मागेको र सोही क्रममा आफ्नो एम्बुलेन्स फसेको बताए । पराजुलीले माथिका फरक फरक दुईवटै ट्रष्टका एम्बुलेन्सको सञ्चालक आफै भएको स्वीकारेका छन् ।

पिडित भनिएको परिवारले भने यो घट्नामा एम्बुलेन्सको भूमिका के थियो भन्नेबारेमा अनविज्ञता प्रकट गरेको छ । यस घटनामा पिडित बालिकाले आफुलाई ४ बजे राति कोठामा आएर कसैलाई भने परिवार सहित मारिदिन्छु भन्ने धम्की दिएको र आफुलाई घरमा भएको २ लाख रुपैँया बोकेर हिड्न भनेपछि आफु बाध्य भएर हिड्नुपरेको परिवारले जनाएको छ ।

सम्बन्धित खवर