उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रर्दशनकारी बिच झडप हुँदा नगरपालिका तनावग्रस्त

उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रर्दशनकारी बिच झडप हुँदा नगरपालिका तनावग्रस्त

 

उदयपुर : कोरोनाको उच्च जोखिम रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रर्दशनकारी बिच झडप हुँदा नगरपालिका तनावग्रस्त बनेको छ ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रर्दशन गरेपछि झडप भएको हो ।

प्रर्दशनकारीले ढुंगा प्रहार गरेपछि स्थिती नियन्त्रणका लागी प्रहरीले लाट्ठी चार्ज गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक नवीन शाहले जानकारी दिए।

प्रहरी निरीक्षक शाहका अनुरसार झडपका क्रम्मा एक जना प्रहरी र ६–७ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको टाउको र खुट्टामा चोट लागेका प्रहरीले जनाएको छ ।

सत्ता पक्ष अर्थात् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकर्ता पनि भेला भएकाले मुठभेडको भएको रहेको स्थानीय भरत घिमिरे बताए ।सयांैको संख्यामा विपक्षदलका कार्यकर्ताले नगरपालिका अगाडि प्रदर्शन गरिरहेका थिए ।

केहिदिन अघि नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनाको घोषणा गरेपछि विपक्षीदल कांग्रेस सहित विभिन्नलदहरु आन्दोलित बनेका छन ।

पछिल्लो समय बेलकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । ३ दिन पहिले मात्र २ जना नगरका व्यवसायीलाई कोरोना लागेपछि नगरपनलिकाले बजार पसल बन्द गराएको छ । सो नगरपालिकामा २४ जना कोरोना संक्रमित रहेका छन ।

सम्बन्धित खवर