वरिष्ट श्रम अधिकृत प्रेम सञ्जेल माथी कार्यालयमा नै कुटपिट

वरिष्ट श्रम अधिकृत प्रेम सञ्जेल माथी कार्यालयमा नै कुटपिट

मोरङ, वरिष्ट श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलमाथी कुटपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कर्मचारीले कार्यकक्षमा कुटपिट गरेका हुन् ।

सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् ।

कार्यालयका सहयोगी नेत्रकुमारी भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका हुन् । सञ्जेल कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यकक्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चुकुल लगाई कुटपिट गरेको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले प्रहार गरेको प्रहरीको भनाइ छ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । उनीहरुलाई कुटपिटमा संलग्न आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिए ।

कार्यालय प्रमुख सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको छ । भ्रष्ट्रचारी कर्मचारीको अनुहार समेत नहेर्ने भन्दै खैरो खन्दै आएका सञ्जेललाई योजना बनाएर कुटपिट गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खवर