सीपीएल खेल्न ट्रिनिडाड जाँदै सन्दीप

सीपीएल खेल्न ट्रिनिडाड जाँदै सन्दीप

 

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज वेष्ट इन्डिजको ट्रिनिडाड जाँदैछन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न सन्दीप आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभए पनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी आज दक्षिण कोरिया हुँदै अमेरिकाबाट सेन्ट लुसिया पुग्नेछन् । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।

लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दीप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । जसमा उनी ९० हजार अमेरिकी डलरमा अनुबन्ध भएका छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।

सम्बन्धित खवर