नेपालले अयोध्या खोजेपछि श्रीलंकाले थाल्यो रावणको अध्ययन

नेपालले अयोध्या खोजेपछि श्रीलंकाले थाल्यो रावणको अध्ययन

प्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्मस्थल ‘वास्तविक अयोध्या’ नेपालमै रहेको दावीसँगै पुरातत्व विभागले पर्साको ठोरीमा अध्ययन सुरु गरेको छ । नेपालले भगवान राम र अयोध्याको विषयमा अध्ययन सुरु गरेसँगै तरंगित भएको भारतमा श्रीलंकाले अर्को तरंग ल्याइदिएको छ । यही समय श्रीलंकाले पनि रावणका विषयमा अध्ययन थालेको छ । श्रीलंकाले रावणलाई हवाइजहाज उडाउने पहिलो व्यक्ति (सम्भवतः पहिलो पाइलट) प्रमाणित गर्नको लागि प्रमाण जुटाउन थालेको छ ।

श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गरेर देशका नागरिकहरुसँग राजा रावण र उनले प्रयोग गर्ने हवाइ मार्गको बारेमा आफूसँग भएका दस्तावेज, ग्रन्थ वा अन्य जानकारी उपलब्ध गराउन भनेको छ । प्राधिकरणले रावणका विषयमा धेरै कथाहरु प्रचलित रहे पनि यिनीहरुको प्रमाणिकता पुष्टि गर्न चाहेको बताएको छ । रावणलाई हिन्दू धर्ममा खलनायकका रुपमा वर्णत गरिएको भए पनि श्रीलंकाको सिंघल बौद्ध समुदायले भने रावणलाई आस्थाको दृष्टिले हेर्छन् । श्रीलंकामा रावणलाई देशका एक विद्वान र बहादुर राजाको रुपमा हेरिन्छ ।
इसिधाकुराबाट

सम्बन्धित खवर