मनिष श्रेष्ठको ‘बाँच्न खोज्दा’ सार्वजानिक (भिडियो)

मनिष श्रेष्ठको ‘बाँच्न खोज्दा’ सार्वजानिक (भिडियो)

 

मनिष श्रेष्ठको स्वरमा गीति भिडियो ‘बाँच्न खोज्दा’ रिलिज भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रेम, पीडा र रोमान्स देख्न सकिन्छ । मनिषसँगै मोडल बिनु गुरुङको साथमा जीवन गुरुङ फिचर्ड छन् ।

गीतमा शब्द कृष्ण बुढाथोकीको छ भने संगीत संयोजन मनिषले नै गरेका छन् । र्याप भर्ने काम जगत तिरुवाले गरेका छन् भने ब्याक भोकल एनी पुनः र जीवन बडुको छ । एरेञ्ज र मिक्सिङको काम पनि जीवनले नै गरेका छन् ।

बसु बरालले खिचेको भिडियोमा सम्पादन शिलन लम्सालको छ । निर्देशन भने गायक, मोडल मनिषले नै गरेका छन् । ‘मिस गुरुङ इन्टरनेशनल सिजन ३’ बिजेता बिनुले मोडलिङ गरेको यो दोश्रो भिडियो हो ।

 

सम्बन्धित खवर