केही पक्ष एकतालाई विर्गान लागिरहेका छन् : विद्यार्थी नेता खनाल

केही पक्ष एकतालाई विर्गान लागिरहेका छन् : विद्यार्थी नेता खनाल

 

इटहरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अभूतपूर्ण राष्ट्रिय एकताका पक्षमा उभिन नेकपा मोरङ जिल्ला कमिटीले आहन गरेको छ ।

नेकपा मोरङ जिल्ला कमिटीको कार्यलयका आइतबार भएको आहन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा निकट अनेरास्ववियूका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष भाष्कर खनालले पार्टी, एकताको अन्तिम चरणमा पुग्दै गर्दा पार्टी भित्रका केही गलत प्रवृत्तिका मान्छेहरुले गर्दा आज नेकपामा यस्तो अवस्था सिर्जना भएको बताउनुभयो । खनालले ती गलत प्रवृत्तिका मान्छेहरुले एकता गर्न नचाहेको पनि बताउनुभयो ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएर नेपालमा स्थायीत्व कायम गर्दै राजनीतिक स्थायीत्वले मात्र मुलुकको विकास हुन सक्छ भन्ने धारणाका साथ पार्टी एकता भएको थियो, खनालले भन्नुभयो, “खासगरी केही पक्षहरु व्यक्तिगत स्वार्थ र लोभलालचका कारणले क्रियाशिल हुदै एकतालाई विर्गान लागिरहेका छन् ।

नेकपा मोरङ जिल्ला कमिटी सदस्य समेत रहनुभएका खनालले पार्टीका सांगठानिक सदस्यहरुले पार्टीको निर्णय बिना सडकमा गएर उदन्ड मच्चाउनेलाई पार्टीले कारवाही गर्ने कि नगर्ने ? भनी नेतृत्वलाई प्रश्न गर्नुभयो ।

पार्टीका विचाराधिन कुराहरुलाई लिएर कुनै नेतासँग जोडाएर बोल्ने कुराले संगठनलाई हानी पुर्याउने भन्दै उहाँले त्यस्तो प्रकारको गलत प्रचारप्रसार नगर्न पार्टीका सदस्यहरुलाई आग्रह गर्नुभयो ।

एकतालाई थप सुदृढ बनाउन पार्टीले सांगठानिक संरचना बनाएर पार्टीको गतिविधिलाई अगाडी बढाउनका लागि निर्देशन दिनुपर्ने धारणा पनि नेता खनालले राख्नुभयो । पार्टीले जस्तोसुकै कुरालाई पनि सहजताका साथ लिएर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

सम्बन्धित खवर