भरतपुर महानगरमा साइकल लेन निर्माण सुरु : मेयर दाहालद्वारा सिलान्यास

भरतपुर महानगरमा साइकल लेन निर्माण सुरु : मेयर दाहालद्वारा सिलान्यास

चितवन : भरतपुर महानगरपालिकाको दुइ वटा सडकमा साइकल लेन निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षको जेठदेखि २०७८ बैशाख महिना भित्र निर्माण सम्पन्न हुने गरी साढेदुइ किलोमिटर भन्दा धेरै लम्वाइको साइकल लेन निर्माण गर्न थालिएको हो ।

भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुरुप साइकल लेन निर्माण गर्ने काम सुरु गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनु भयो ।

साइकल लेनको महानगर प्रमुख रेनु दाहालले शनिबार विहाल सिलान्यास गर्नु भएको छ । वडा नं. ७ मा उहाले सिलान्यास गर्नु भएको हो । ग्रावेललाई कालोपत्रे र कालोपत्रे भएको स्थानमा साइकल लेन निर्माण गर्दै लैजाने योजना अनुरुप पहिलो चरणमा दुइवटा सडकमा लेन निर्माण गर्न लागिएको दाहालले बताउनु भयो । उहाँका अनुसार महानगरपालिकाको वडा नं. ७ र ९ मा साइकल लेन निर्माण कार्यको लागि ठेक्का सम्झौता भइसकेको छ ।

महानगरपालिका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले भन्नु भयो वडा नं. ९ मा २ करोड २५ लाख इस्टिमेट भएको छ भने वडा नं. ७ मा ३ करोड ६४ लाख रुपियाँको ठेक्का सम्झौता भएर काम सुरु भएको छ । काम पूरा हुदा ९ करोड भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।

 

साइकल लेन निर्माण हुने सडक वडा नं. ७ को प्रेमवस्ती चोकदेखि हेल्थपोष्ट चोकसम्म हुने छ । त्यस्तै गरी वडा नं. ९ को हाकिमचोकको क्यान्सर अस्पताल जाने कल्भटदेखि जयनेपाल(धारेचोक) सम्म साइकल लेन निर्माण हुनेछ । दुइवटा सडक गरी साढेदुइ किलोमिटर लम्वाइ रहने महानगरपालिकाले जानकारी दिएको छ ।

१६ मिटर चौडाइ रहेको ती सडकको दायाँवायाँ दुइ÷दुइ मिटर चौडाइ भएको साइकल लेन निर्माण गरिनेछ । यो लेन कालोपत्रे र फुटपाथको बिच भागमा हुनेछ । लेनमा मोजाइक टायल विछ्याउने छन् । विद्युतका पोललाई भने फुटपाथको छेउमा गाडीने इन्जिनियर लामिछानेले जानकारी दिनु भयो ।

 

साइकल लेन निर्माणले वडाको सौन्दर्यता, साइलक चलाउनेलाई सहजता हुने वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले बताउनु भयो । त्यस्तै वडा नं. ९ का अध्यक्ष यमलाल कडेलले फुटपाथ निर्माण हुदै गरेकाले केही समयपछि साइकल लेनको काम सुरु हुुने जानकारी दिनु भयो ।

 

सम्बन्धित खवर