पथरी, प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक पथरीशनिश्चरे १ ले नै राखेको छ ।
आज भएको फाइनलमा खेलमा वडा नं. १ ले वडा नं. ९ लाई शून्यको विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको १० औँ मिनेटमा वडा नं. १ का तर्फबाट रबिन राईले गोल गरेका थिए । सोही गोल नै वडा नं. १ का लागि विजेता बन्न पर्याप्त बन्यो ।
विजेता टिमले नगद ३१ हजार रुपैँया सहित मेडल र ट्रफी प्राप्त ग¥यो भने उपविजेता टिमले नगद २१ हजार रुपैँया, मेडल तथा ट्रफी प्राप्त ग¥यो ।
खेलमा म्यान अफ दी म्याच सोनाम गुरुङ घोषित भए भने ‘गोल्डेन बल’ वडा नं. ९ का सायन राई र ‘गोल्डेन ग्लोब’ वडा नं. १ का गोलकिपर विशाल दर्लामीले प्राप्त गरे।
खेलको समापन समारोहको अध्यक्षता वडा नं. १ का वडाध्यक्ष भीम कुमार राई, प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो भने कार्यक्रममा प्रशासकीय अधिकृत शशि राई, लगायत वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।