पथरी
पथरीशनिश्चरेको किर्तिपुर मा एकाबिहानै पुग्ने हो भने एक हुल बिधार्थी जनकल्याण माबिको मैदानमा भेला हुन्छन् । भेला भएकाहरु मध्ये कोहि शारिरिक अभ्यासमा ब्यास्त हुन्छ्न त कोहि बलिङ र केहि ब्याटिङ अनि केहि मैदानको बरिपरि उभिएर फिल्डिङको अभ्यास गरिरहेका हुन्छ्न ।
जसको कमाण्ड समालेका छ्न राकेश राईले । किर्तिपुर एकेडमीले सुरु गरेको क्रीकेट प्रशिक्षणमा ४० भन्दा बडि बालबालिकाको नियमित सहभागिता छ । १० बर्ष देखि १६ बर्ष सम्मका बालबालिका नियमित प्रशिक्षणमा सहभागि हुने एकेडमीका निर्देशक पुकार राई बताउछ्न ।
१८ जना बालिका र २२ बालक लाई नियमित प्रशिक्षण गराइरहेको एकेडमीले राष्ट्रिय स्तरमा महिला क्रीकेट खेलाडि उत्पादन गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो पटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागी यसै एकेडमीका २ जना खेलाडि मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ ।
किर्तिपुरकै सरु सुब्बा अहिले अन्तर्राष्ट्रिय स्तरमा खातीप्राप्त फुटवल खेलाडी हुन् । महिला फुटबलको नियमित सदस्य उनी ससस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छिन् । सरु जस्तै खेलाडीको उद्धगम स्थल हो किर्तिपुर । फुटबलमात्र खेलाडि उत्पादन गरिराखेको किर्तिपुरले अब अन्तरास्ट्रिय क्रिकेट खेलाडि उत्पादन गर्न महिला क्रीकेट प्रशिक्षण सुरु गरेको छ ।
‘मोरङ जिल्लाले प्रधानमन्त्री कप महिला लिगका लागी बन्द प्रशिक्षणमा एकेडमीका स्मारिका गौतम र शुभेक्क्षा लिम्बु लाई बन्द प्रशिक्षणमा रहनु सफलता हो’ प्रशिक्षक राईले भने ।
नियमित क्रिकेट अभ्यास गराइरहेको किर्तिपुर को अभ्यासस्थलमा सहभागी हुन पुगेका बालबालिका निक्कै फुर्तीका साथ खेल मैदानमा उत्रिन्छन् । प्रशिक्षक राकेश राईले टिम बनाइदिन्छन् । सोही अनुसार आ आफ्नो टिममा सहभागी भएर खेल मैदानमा उत्रिन्छन् उनीहरू ।
एकेडमीमा खेल सँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने बताउँछन् प्रशिक्षक राई । घर परिवारमा के काम गर्ने विद्यालय र साथीभाइ सँग कस्तो व्यवहार गर्ने लगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको हो । प्रशिक्षकलाई गुरु मान्ने गरेका बालबालिका पनि गुरुले भनेको पालना गर्नुपर्ने मनसायमा देखिन्छन् ।
पछिल्लो स्थानीय तहमा वडादेखि नगर स्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडी सम्म पुग्ने माध्यमको रूपमा यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ । क्रिकेट क्षेत्रमा लामो समय व्यतीत गरेका राई हालै वेसिक लेभल प्रशिक्षक बनेका छन् । राईले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहेका छ ।
एकेडमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागी नेट प्रशिक्षण गर्न नेट समेत वनाउन थालिएको छ । ७ नम्बर वडा कार्यालय र ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेपछि पक्की क्रिज सहितको ‘नेट प्राक्टिस’सम्भब भएको हो ।
एकेडमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउण्डेशनले समेत सहयोग गरिरहेको छ । फाउण्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामाग्री सहयोग गरिरहेको छ । यसले समेत एकेडमी सन्चालन गर्न सहज भएको छ ।
क्रिकेट प्रतिको ‘क्रेज’ वडदै हुदा अभिभावक समेत सकारात्मक बनेका छन् । क्रिकेट खेलेर छोरीले राष्ट्रकै नाम राख्नेमा विश्वास छन अभिभावक इन्द्र गौतम । यहि एकेडमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रर्दशन गरेपछि एकेडमीको प्रभाव समेत देखिन थालेको छ ।
क्रिकेट विकासका लागी ‘ग्रासरुट’ बाट स्वस्फुर्त रुपमा सुरु भएको यस्ता एकेडमी भने राज्यका खेलकुद संघ संस्थाको नजर बाट भने टाडाको नजरमा रहेका छन् ।