शान्तिचोकमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

शान्तिचोकमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आईतबार बेलुकी आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मुकुन्द प्रसाद कोइरालाको अढाइ तले काठको घरमा अचानक बिधुतको तार सर्ट भइ आगलागी हुँदा घरमा रहेको नगद ५० हजार रुपैयाँ, सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न लगायतका सामान पुर्ण रुपमा जलेर नष्ट भएको छ।

रंगेली नगरपालिकाको दमकल, कानेपोखरीको दमकल, नेपाल प्रहरी र स्थानीयले राति १० बजे पुर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट नगद र अन्य सामान गरी जम्मा १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले बताए ।

सम्बन्धित खवर