अत्याधिक गर्मी बढेपछि कानेपाेखरीका विद्यालय २ दिन विदा

अत्याधिक गर्मी बढेपछि कानेपाेखरीका विद्यालय २ दिन विदा

मोरङ, अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै कानेपोखरी गाउँपालिकाले दुई दिनका लागि सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै मिति २०८१ अशोज ८ गतेदेखि लागू हुने गरी गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा बिदा दिने जनाएको छ।

बढ्दो गर्मीका कारण दैनिक पठनपाठनमा असहजता आइरहेको र स-साना बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेकाले यो निर्णय गरिएको बताईएको छ । बिदा बर्खे विदाबाट कट्टा गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवद्वारा जारी गरिएको सूचनामा सम्बन्धित सबै विद्यालयहरूलाई यस निर्णयलाई लागू गर्न अनुरोध गरिएको छ।

सम्बन्धित खवर