पथरी, माेरङकाे रतुवामाई १० सातमेडिमा अवस्थित हिमालय आधारभूत विद्यालयले ४९ ओैँ वार्षिक उत्सव र ६० ओैँ बाल दिवश मनाएकाे छ ।
हिजाे विद्यालयमा स्वास्थ शिविर सहित विभिन्न कार्यक्रमकाे आयाेजना गरि वार्षिक उत्सव र बाल दिवश मनाएकाे विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद पराजुलीले जानकारी दिनुभयाे । विद्यालयमा वि.पी. नेत्र प्रतिष्ठान, आँखा, कान, घाँँटी तथा पूनर्स्थापना केन्द्र रतुवामाईकाे प्राविधिक सहयाेगमा नि:शुल्क स्वास्थ सिविर सञ्चालन गरिएको थियाे । शिविरमा सुगर जाँच, प्रेसर जाँच, नाक, कान, घाँटी लगायतकाे परिक्षण गरिएको थियाे ।
साेहि अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ, वक्तृत्वकला र नृत्य प्रतियोगिताकाे पनि आयाेजना गरिएकाे थियाे । कार्यक्रमकाे अन्त्यमा बिजेताहरूलाई प्रमुख अतिथि नगर प्रमुख नागेश्वर प्रसाद सिंहले पुरस्कार बितरण गर्नुभयाे । विद्यालयमा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियाे ।
मन्तव्य राख्दै प्रमुख अतिथि सिंहले बालबालिकालाई अहिले लगानी गर्नसके भविष्यमा देश निर्माणमा भूमिका खेल्न सक्ने बताउनुभयाे । आधारभूत विद्यालय भएपनि अन्य विद्यालयहरू समेत समेटेर कार्यक्रम गरेकाे भन्दै सिंहले प्रशंसा गर्नुभयाे ।
साेहि कार्यक्रममा स्थानीय श्याम कुमार र टंक श्रेष्ठले आफ्ना स्वार्गीय आमा बाबुका नाममा ५१ हजार रुपैयाँ बराबरकाे अक्षय काेष स्थापना गरि हस्तान्तरण गरेकाे प्रअ पराजुलीले जानकारी दिनुभयाे । कार्यक्रममा वडा अध्यक्ष भुल बहादुर कार्की, शिक्षा शाखा प्रमुख सुरेश प्रसाद निराैला लगायतको उपस्थिति रहेकाे थियाे ।