शिक्षकले कुटपिट गर्दा कक्षा १० का विद्यार्थी गम्भीर घाइते, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले कुटपिट गर्दा कक्षा १० का विद्यार्थी गम्भीर घाइते, शिक्षक प्रहरी नियन्त्रणमा

मोरङको पथरीशनिश्चरे नगरपालिका वार्ड नं ०९ स्थित सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईले विद्यार्थीमाथि कुटपिट गरेका छन् । उनले कक्षा १० मा अध्ययनरत १७ वर्षीया जस्ना राईलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट राई घाइते भएकी छन् । उनको पथरी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक पवनलाई पक्राउ गरिएको छ । पवनले प्लाष्टिकको पाइपले कुटपिट गर्दा विद्यार्थी घाइते भएको डीएसपी दाहालले जानकारी दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कक्षा कोठामा विद्यार्थीबीच भएको विवाद मिलाउन शिक्षक पुगेका थिए । विद्यार्थीलाई सम्झाइबुझाइ गर्ने क्रममा शिक्षकसँग पनि विवाद गरेको भन्दै बिहीबार दिउँसो ४ बजेतिर छात्रामाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ । पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर