हरियाे चुरा र पाेतेकाे बिक्री बढ्याे, शास्त्रीय रुपमा भने यसको महत्त्व छैन्

हरियाे चुरा र पाेतेकाे बिक्री बढ्याे, शास्त्रीय रुपमा भने यसको महत्त्व छैन्

रबिन्द्र बराल, रंगेली

महिलाहरूले हरियो चुरा र पोते लगाउन थाले पछि साउन महिनामा हरियो चुरा र पोतेको बिक्री बढेकाे छ।

साउन महिनामा धेरै युवती र महिलाहरूले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरूमा जाने युवतीहरूको रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ । पछिल्लो समय महिलाहरूसँग ससाना बालिकाले समेत हरियाे चुरा लगाउने प्रचलन समेत बढ्दै गईरहेकाे छ।

अहिले देशभरका तराइ क्षेत्रका हाट बजारमा हरियाे, पँहेलाे चुरा, कपडा किन्नेको भिड लाग्‍न थालेको छ। यससँगै बजारमा चलायमान हुँदा आर्थिक काराेवार बढेकाे छ । चुरा लगाउने प्रचलन इजिप्टबाट सुरु भएपनि नेपालमा भने भारतीय संस्कृति र बजारबाट प्रवेश गरेको पाइन्छ । धार्मिक ग्रन्थ अनुसार हरियो चुरा लगाउनु पर्ने र यसको महत्त्वका बारेमा खासै वर्णन भएको पाइदैन । साउन महिनामा भगवान शिवको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको छ ।

शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेकामा हाल हरियो जुरा र हरियो वस्त्र लगाएर शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिलाले आफुले खोजेजस्तो पति पाइने भन्ने जनविश्वास रहेको छ । हिन्दु संस्कृतिमा हरियो चुराको यर्थाथ महत्त्व नबुझी अरुको सिको गरेकाे धर्मसंस्कृतिका जानकारहरुको भनाई छ । युवा पुस्ताले हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानेका छन् । त्यसैकारण हरियो लुगा लगाएसँगै प्रकृतिको सम्मान गरेको भन्ने भनाई पनि रहेको छ । हरियो रंग भित्र प्रकृतिको सम्मानका साथै प्रेम झल्कन्छ भन्ने बुझाई नयाँ पुस्तामा रहेकाे पाइन्छ तर शास्‍त्रीय रुपमा भने यसकाे वर्णन कतै भेटिएको छैन् ।

सम्बन्धित खवर