पथरी, मोरङको पथरी शनिश्चरे २ कालापानी कसेनी टोलमा बक्राहा खोल तट्बन्धनको काम धमाधम भइरहेको छ ।
कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाको ७० लाख बराबरको बजेटबाट १ सय ६५ मिटर तटबन्धन कार्य भइरहेको छ ।
सो क्षेत्रमा खोला पस्ने जोखिम एकदमै बढी भएकाले जतिसक्दो छिटो तटबन्धन कार्य सम्पन्न गर्नेगरी काम भइरहेको वडा अध्यक्ष नैना राईले जानकारी दिनुभयो ।