दुर्गा माविमा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न

दुर्गा माविमा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न

पथरी, दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ मोरङमा आज श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको छ ।

५ वटा सामुदायिक बिद्यालयका १५ जना विद्यार्थीहरुको सहभागितामा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा नगरको पञ्चायत मा.वि., जनता मा.वि, चन्द्र किरातेश्वर मा.वि., बाल क्लयाण मा.वि. र दुर्गा मा.वि.का विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा दुर्गा मा.वि. प्रथम, जनता मा.वि. दोस्रो र पञ्चायत मा.वि. तेस्रोका विद्यार्थी तेस्रो भएको दुर्गा मा.वि.का प्रधानाध्यापक यादब घिमिरेले जानकारी दिनुभयो । यस्तै पथरी शनिश्चरे ७ को बाल कल्याण मा.विले सान्तवना पुरस्कार हात पा¥यो । प्रथम पुरस्कार २ हजार, दोस्रो पुरस्कार १ हजार ५ सय, तेस्रो पुरस्कार १ हजार, सान्तवना पुरस्कार ५ सय रुपैँया नगद र प्रमाण पत्र रहेको थियो ।

सम्बन्धित खवर