हरियाली वन पब्लिक लिमिटेडको विवाद सकियो, तामाङलाई अध्यक्षको जिम्मेवारी

हरियाली वन पब्लिक लिमिटेडको विवाद सकियो, तामाङलाई अध्यक्षको जिम्मेवारी

पथरी, मोरङ पथरी शनिश्चरे २ मा रहेको हरियाली कम्पनीको विवाद टुङ्गिएको छ । अध्यक्ष सहित २ सदस्यले राजिनामा दिएसंगै कम्पनी समिति बिहिन भएको थियो । हरियाली वन पब्लिक लिमिटेड र हरियाली सामुदायिक वन उपभोत्ता समुह बिचको विवादका कारण अध्यक्ष अशोक कुमार राई सहित २ सदस्यले राजिनामा दिएका थिए ।

हरियाली सामुदायिक वनको पहलमा हरियाली पब्लिक कम्पनी लिमिटेड सञ्चालनमा रहेको छ । लिमिटेडले वन क्षेत्रमा पर्यटकिय स्थल निर्माण गर्ने भन्दै ८ सय ६१ सेयर सदस्यबाट १० हजार देखि २ लाखसम्म शेयर रकम उठाएको थियो । विवाद सिर्जना भएपछि वन उपभोत्ता समुहको पहलमा देवी भेट्वालको संयोजकत्वमा बनेको मेलमिलाप समितिले बिवाद टुङगाउदै समितिलाई पुर्णता दिएको हो ।

नयाँ समितिमा रोहित बास्तोला प्रबन्धक संचालक कृष्ण कुमार राई, प्रलाहाद चौहान सदस्य र मालती श्रेष्ठ, पुष्पा लिम्बु महिला सदस्य चयन भएका छन् । बुधबार समिति चयन भएसंगै निवर्तमान अध्यक्षा अशोक कुमार राईले तामाङलाई पदस्थापन गरि पदभार हस्तान्तरण गरेका छन् ।

सम्बन्धित खवर