लाईफ केयर’ गर्नकै लागि मंगलबारेमा लाईफ केयर फिजियोथेरापी सेवा सुरु

लाईफ केयर’ गर्नकै लागि मंगलबारेमा लाईफ केयर फिजियोथेरापी सेवा सुरु

उर्लाबारी/ उर्लाबारी-३ मंगलबारेमा लाईफ केयर फिजियोथेरापी सेवा सुरु भएको छ । महेन्द्र राजमार्ग दक्षिण ट्रमा सेन्टर अगाडीतर्फको भवनमा मंगलबारेबासीलगायत समग्र उर्लाबारी एवम् आसपासका क्षेत्रका मानिसहरुको ‘लाईफ केयर’ गर्नकै लागि फिजियोथेरापी सेवा संचालनमा ल्याईएको संचालक फिजियोथेरापिष्ट प्रकाश तामाङ बताउछन् ।

फिजियोथेरापीसम्बन्धी लामो अनुभव बटुलेका दमक निवासी तामाङ्ले गत फागुन २४ गतेदेखी मंगलबारेमा अत्याधुनिक प्रविधीसहितको फिजियोथेरापी सेवा संचालनमा ल्याएका हुन् ।

यसैबिच उक्त थेपारी संचालनमा आएसँगै अब नसा च्यापिएको, ढाडको दुखाई, गर्धनको दुखाई, पारालाईसिस( स्ट्रोक) , घुँडा खिईएको, कुमको दुखाई, कुर्कुच्चाको दुखाई, हड्डी भाँचिएर प्लष्टर गरेपछिको रिहाव, लिगामेण्ट वा मासु च्यापिएको , अर्टिजम, सेरेब्रलपाल्सीलगायत मुख बाङ्गीएका बिरामीहरुले मंगलबारेमै उच्च गुणस्तरको फिजियोथेरापी प्रविधीबाट उपचार सेवा लिई सौलियत रुपमा लाभ लिन सकिने संचालक तामाङ् बताउछन् ।

यस्तै मंगलबारेमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाडजोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने स्थानिय बताउछन् । लाईफ केयरमा सेवा लिदै आएकी स्थानिय गिता रिजाल बताउछिन्,” मेरो लामो समयदेखीको गर्धनको दुखाई ठिक भएको छ । घुँडा खिईएकोले हिड्न गाह्रो हुन्थ्यो , अहिले ठिक हुँदै छ ।”

केयरमा शनिबार बाहेक प्रत्येक दिन बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म सो सेवा उपलब्ध गराईदै आएको छ ।

सम्बन्धित खवर