ज्ञानुमति हत्या अपडेट : ग्रामथानका चौधरी पक्राउ, पत्रकार सम्मेलन गर्ने तयारीमा प्रहरी

ज्ञानुमति हत्या अपडेट : ग्रामथानका चौधरी पक्राउ, पत्रकार सम्मेलन गर्ने तयारीमा प्रहरी

मोरङ, मोरङको पथरीशनिश्चरे ७ स्थित लामाटोलीमा गएराति हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । ग्रामथान ४ का ३८ वर्षीय धिरेन चौधरीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी मोरङ प्रहरीले गरिरहेको हो । हत्या गरेर भाग्दै गरेका चौधरीलाई राति नै प्रहरीले भाउन्नेको जंगलबाट प्रकाउ गरेको थियो ।

मामाको छोरा (दाजु)को घरमा बसेर पथरीमा रहेको पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत रहेकी १५ वर्षीय ज्ञानुमति राईको गएराति हत्या भएको हो । राईलाई धारिलो हतियारले पाखुरा, घाटी, गर्दनमा प्रहार गरिएको थियो । राति करिब १० बजेको समयमा हत्यार प्रहार भएपछि चिच्याउदा दाजुले थाहा पाएपछि घटना स्थलमा हेर्दा राईको अवस्था क्षत विक्षत अवस्था थियो ।

तत्काल छिमेकी र प्रहरीलाई खबर गरेपछि तालिम प्राप्त कुकुर सहित मोरङ प्रहरी प्रमुख नवराज कार्की, इलाका प्रहरी कार्यालय पथरीको टोली र सशस्त्र प्रहरीको टोली घटना स्थलमा खटिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले चौधरीलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

ज्ञानुमतिको परिवारमा बाबुको मृत्यु भइसकेको छ भने आमा पनि अस्वस्थ रहेको परिवारले जनाएको छ । परिवारको आर्थिक अवस्था पनि नाजुक रहेपछि दाजुको घरमा बसेर अध्ययन गरिरहेकी थिइन् ।

यसअघि तिनै अत्यार भनिएका चौधरीले विवाह गरेको भन्दै भारत लैजाने क्रममा जोगवनी नाकाबाट माइती नेपालले पक्राउ गरेर घर फिर्ता पठाएको थियो । मृतक राईको शव पोष्टमार्टमका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

सम्बन्धित खवर