कानेपोखरीको प्रशासनिक भवन भौंसाबारी सार्न केन्द्रमा सिफारिस

कानेपोखरीको प्रशासनिक भवन भौंसाबारी सार्न केन्द्रमा सिफारिस

विराटनगर, मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानेपोखरीको भवन वडा नम्बर ६ बाट ५ नम्बरको भैंसाबारीमा सार्नका लागि गाउँसभाबाट बहुमतले निर्णय भएको र अदालतबाट पनि फैसला भएकाले स्थानान्तरणका लागि केन्द्र सरकारमा सिफारिस गर्ने निर्णय भएको सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका प्रवक्त शमशेर राईले जानकारी दिए ।

बैठकले खोटाङको बराहपोखरी गाउँपालिकाको नाम संशोधनका लागि केन्द्रीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बराहपोखरीलाई बाराहा पोखरी बनाउन सिफारिस गरेको प्रवक्ता राईले बताए ।

यस्तै प्रदेश कितावखाना निर्देशिका २०८० स्वीकृत गर्ने र आर्थिक वर्ष २०८०/०८१ मा समपुरक र विषेश अनुदानका लागि आएका प्रस्तावहरुमा छलफल गरी निर्णय गरिएको राईले बताए । पुवेलीप्रेसबाट

सम्बन्धित खवर