वडा नं. ८ द्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

वडा नं. ८ द्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
पथरी, पथरी शनिश्चरे वडा नं. ८ को ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आज वडा कार्यालय परिसरमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडाका बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आवि शुक्रबारेका १५ जना र मिलन आवि मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख नगर प्रमुख तुम्वापोले वडा नं. ८ का प्रतिनिधिहरुले गरेको कार्यहरुको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो–‘वडा नं. ८ को काम गर्ने तौरतरिका छिटो छ, उहाँहरुको टिमको कार्यले पक्कै पनि वडावासी खुशी हुनुहन्छ भन्ने मलाई लागेको छ ।’
यसैगरी कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकृत नविन खुलालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बु, शिवमाया विश्वकर्मा र विद्यालयका शिक्षिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव अशोक कार्कीले सञ्चालन गर्नुभएको थियो । वडाले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत अन्य कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।

सम्बन्धित खवर