विद्यार्थीसँग विद्यालयमै यौन सम्बन्ध राखेको आरोपमा २६ वर्षीया एक शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिकाको मिसौरीबाट एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक उच्च माध्यमिक विद्यालयकी महिला शिक्षिकाले विद्यालय परिसरमै आफ्ना एक विद्यार्थीसँग यौनसम्बन्ध राखेको खुलेको हो ।
घटना पुलास्की काउन्टीको लेकी हाई स्कूलमा जनवरी ५ मा भएको बताइएको छ। २६ वर्षीय गणित शिक्षिका हेली क्लिफ्टन कारम्याकलाई यस हप्ता टेक्सासको पुलिसले बच्चाको जीवनलाई खतरामा पार्ने, वैधानिक बलात्कार, विद्यार्थीसँग यौन सम्पर्क र बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यो घटना १६ वर्षीय विद्यार्थीलाई विद्यालय परिसरमै यौन दुव्यवहार गरेपछि ति विद्यार्थीले बाहिर ल्याएका हुन् । ती विद्यार्थीको शरिरमा नङका धर्साहरु देखिएपछि घटना बाहिर आएको हो ।
ती शिक्षिका विद्यार्थीसँग धेरै नजिक थिइन् । अदालतका कागजातहरू अनुसार, हाई स्कूलका प्रिन्सिपल र लेकी स्कूलका सुपरिटेन्डेन्टलाई पनि विद्यार्थीहरूसँग शिक्षकको असामान्य व्यवहारको बारेमा थाहा रहेको,’ भियोन न्यूजले जनाएको छ ।
शिक्षिकाले सुरुमा घटनालाई अस्वीकार गरेपनि उनको फोनमा ती विद्यार्थीसँग गरिएको अश्लिल कुराकानीहरु भेटिएको थियो । उनले बेलाबेलामा ती विद्यार्थीको घरमा नै भेट्न जाने गरेको समेत विद्यार्थीका बाबुले बताएका छन् । शिक्षिकाले विद्यालयमा यौनसम्पर्क गर्दा अन्य बच्चाहरूलाई निगरानी गर्न अह्राएको बताएका छन् । न्युजकारखाना