स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन

स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन
चितवन, गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुङगा घोल (खोला)को कल्भर्ट मुनी जुटको बोराभित्र दुईजनाको शव भेटिएको थियो ।
अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो । शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सनाखत नहुँदा घटनाको दोषिसम्म पुग्न कठीन भएको छ ।”
सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ ।

सम्बन्धित खवर