जिल्ला बचत सङ्घ मोरङको ३० औं वार्षिक साधारणसभा सम्पन्न

जिल्ला बचत सङ्घ मोरङको ३० औं वार्षिक साधारणसभा सम्पन्न

संविधानसभा सदस्य एवम् राष्ट्रिय सहकारी महासङ्घका वरिष्ट उपाध्यक्ष ओमदेवी मल्लले सरकारले सहकारीलाई सहयोग नगर्दा सहकारी क्षेत्रमा संकट देखिएको बताउनु भएको छ । शुक्रबार मोरङको बेलबारीमा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि‍ मोरङको ३० ओैं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि समेत रहनु भएकी मल्लले सहकारीकर्मी र अभियानको पनि केही दोष रहेको बताउँदै उहाँले सहकारीलाई प्राइभेट कम्पनी मोडेलमा सञ्चालन गर्ने,नातावाद कृपावाद र आफ्नै स्वार्थ बाँझिदा पनि सहकारीमा समस्या आएको उल्लेख गर्नुभयो । सदस्यलाई सहकारीका विषयमा आधारभुत ज्ञान दिन नसक्नु पनि अभियान र सहकारीकर्मीको त्रुटि भएको चर्चा गर्दै मल्लले सङ्घलाई धनी बनाउने भन्दा पनि सदस्य संस्थालाई आर्थिक र ब्यावसायिक रुपमा समृद्ध बनाउन लाग्नु पर्नेमा जोडदिनुभयो ।

सङ्घ र प्रारम्भिक संस्थाले एउटै संस्थालाई ठूलो ऋण प्रवाह गर्दा समस्या आउने सक्ने बताउँदै उहाँले भन्नुभयो–लक्ष्य प्राप्तिका लागि ऋण लगानी गर्ने होइन । ऋणको जोखिम पनि अध्ययन गनुपर्छ । एक फरक प्रसङ्गमा मल्लले भन्नुभयो –‘अमेरिकामा बचतमा पैसा राखेर ब्याज खाने ब्यवस्था थिएन् । तर, अहिले त्यहाँका बैंकहरूले ५ प्रतिशत सम्म बयाज दिन थालेका छन् । यसले बचत भनेको भविष्यका लागि भन्ने प्रमाणित गरेको छ । ’

महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले सहकारीका छाता सङ्घहरूको कति तह हुने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनु भयो । स्थानीय तह पनि सरकार नै भएकोले स्थानीय तहमा पनि सङ्घ निर्माण प्रक्रिया सुरु भएके चर्चा गर्दै पोख्रेलले एकद्वार प्रणालीबाट छाता सङ्घ निर्माण हुनुपर्ने जोड दिनुभयो ।

शिक्षक,प्राध्यापक र कर्मचारीलाई सहकारी खोल्न दिने र सञ्चालक बस्न नदिने कानूनी ब्यवस्था आफैमा त्रुटिपूर्ण रहेको बताउँदै ऐन संसोधन गरेर यस्ता विषयको अन्त्य गर्न महासङ्घले पहल गर्ने उल्लेख गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि।का सञ्चालक गोमा नेपालले सहकारीको स्तरीकरणका लागि गुणस्तरका कार्यक्रमले सहयोग पु¥याएको बताउनु भयो । कसैले सङ्घ चाहिँदैन भने पनि सङ्घले प्रारम्भिक संस्थालाई वित्तीय सुशासनका क्षेत्रमा स्कुलिङ गररहेको उल्लेख गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि।का पूर्व कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले बचत र ऋणको ब्यवस्थापन गर्न नसक्दा सहकारीहरू आर्थिक समस्यामा परेको बताउनु भयो । छोटो समयका लागि लिएका आवधिक बचतहरूका कारण संस्था समस्यामा परेको उल्लेख गर्दै पोख्रेलले भन्नुभयो–‘६र७ प्रतिशतमा ल्याएको बाह्य ऋणको ब्याज बढेर १५र१६ प्रतिशत सम्म पुगेपछि सहकारीमा समस्या आएको देखिन्छ । उहाँले एउटै सदस्यलाई ठूलो ऋण दिएर पल्स ७०–८० को बीचमा राख्दैमा संस्थाको वित्तीय अवस्थामा सुधार नआउने बताउनु भयो । सदस्य सङ्ख्याको अनुपात मिलाएर ऋण प्रवाह गर्नुपर्नमा जोड दिँदै उहाँले बचत प्राप्ति र ऋण लगानीलाई ब्यवस्थापन गर्न सके सहकारीमा कहिल्यै संकट नआउने दाबी गर्नुभयो । लगानी योग्य कोषको अभाव , बढ्दो तरलता र ऋणको माग कम भएको अवस्थाले सहकारीलाई नयाँ चुनौति थपिएको उहाँको भनाई थियो । विगतकै रणनीतिबाट सहकारी चल्न सक्ने अवस्थामा छैनन । त्यसका लागि नयाँ रणनीति आवश्यक रहेको बताउँदै साइनबोर्ड मात्रै सहकारीको राख्ने संस्था मात्रै संकटमा परेको उल्लेख गर्नुभयो । उहाँको भनाई छ –सहकारीहरूहरू बैंक हुन खोज्दा समस्या आएको हो ।

कोशी प्रदेश रजिष्टारको कार्यालय इनरुवाका निमित्त रजिष्टार हरिबहादुर खत्रीले सबैभन्दा पहिले मन्त्रीको संस्थालाई जरिवाना गरेर शुद्धिकरण सुरु गरेको बताउनु भयो । धेरै वटा सङ्घ हुँदा संकट सिर्जना हुने बताउँदै छाता सङ्घको ब्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । ४० प्रतिशत पालिकाबाट अझै तथ्याङ्क प्राप्त नभएको उल्लेख गर्दै खत्रीले हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोशी प्रदेशका सहकारीले १ खर्ब ४३ अर्वको कारोवार गरेको बताउनु भयो ।

कार्यक्रममा सहकारी अभियन्ता मुक्तिनाथ बराल ,पुर्व सञ्चालक वीरेन्द्र यादव र टीका भट्टराई तथा प्रारम्भिक संस्थाका कर्मचारीहरू हिमालय साकोसका ब्यवस्थापक विनोदप्रसाद सुवेदी र सुगम साकोसका व्यबस्थापक सीता भट्टराईलाई सम्मान गरिएको थियो । बराल केन्द्रीय तरकारी तथा फलफूल सहकारी सङ्घ लि। का पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

सोही अवसरमा संस्था पुरस्कारबाट भाग्योदय गाउँले साकोस लेटाङ र गोविन्दपुर साकोस रतुवामाईलाई सम्मान गरियो । यस्तै प्रावेसन ब्रान्ड प्राप्त लेटाङ साकोस र एकीरकण भएका सातमेडी साकोसर सुगम साकोसलाई सम्मान गरियो । सातमेडी साकोस र नारीउदय साकोस एवम् सुगम साकोस र कमलपुर साकोस गत आवमा एकीकरण भएका थिए ।

१ करोड ४७ लाख ६७ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको जिल्ला बचत सङ्घको कोष हिसावमा १ करोड २३ लाख ७७ हजार ६७२ रुपैयाँ रहेको छ । १२ करोड ४४ लाख ५६ हजार ८७५ रुपैयाँ बचत निक्षेप रहेको मोरङ जिल्ला बचत सङ्घले गत असार मसान्तसम्ममा ८ करोड ८४ लाख ८२ हजार ४२७ रुपैयाँ ऋण लगानी गरेको छ । जिल्लाका २६३ प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरूको आवद्धता रहेको सङ्घगत वर्ष ३६ लाख ७७ हजार ९४० रुपैयाँ शुद्ध बचत गरेको छ ।

सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाको सभापतित्वमा भएको सभामा संस्थाका कोषाध्यक्ष डिबी थापाले सङ्घको गत वर्षको वास्तविक आम्दानी खर्च र आर्थिक वर्ष ०८०र०८१ का लागि प्रस्तावित आम्दानी तथा खर्च प्रस्तुत गर्नुभएको थियो । सङ्घका सचिव जीवन बस्नेतले आर्थिक वर्ष ०८०र०८१ का लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष कोइरालाले गत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा तथा सपरिवेक्षण समितिका सदस्य हेमबहादुर श्रेष्ठले गत वर्षको आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभाले प्रस्तावित कार्ययोजना केही संसोधन सहित पारित गरेको सङ्घका व्यवस्थापक केदारनाथ दूलालले बताउनु भयो ।

सम्बन्धित खवर