पथरी जंगलमा सडेको अवस्थामा फेला परेको शव पहिचानमा सहयोग गर्न प्रहरीको अपिल

पथरी जंगलमा सडेको अवस्थामा फेला परेको शव पहिचानमा सहयोग गर्न प्रहरीको अपिल

पथरी, मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा हिजो एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको थियो । सो शवको पहिचानका लागि प्रहरी सहयोग गर्न अपिल गरेको छ ।

हिजो फेला परेको शव केहि दिन अघि नै मृत्यु भएको अनुमान गरिएको छ । शवको अनुहार सडिएको अवस्थामा फेला पारी अहिले धरान स्थीत विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने दाँया हातमा अंग्रेजी अक्षरमा OM MAANE PEME लेखेको ट्याटु रहेको, उचाइ ५ फुट ७ इन्च भएको, कालो रंगको बक्स पाइन्ट, खैरो रंगको भेस्ट लगाएको शव फेला परेको हो ।

माथिको हुलियासंग मिल्ने व्याक्तिको आफन्तले तत्काल सम्पर्क गर्न प्रहरीले सूचना गरेको हो । निजका आफन्त वा कोही चिनजानको मानिस भए सम्पर्क गरी सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खवर