पथरी, माेरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रको घर पालुवा पशुचौपायलाई लम्पी स्किन रोग बिरुद्धको भ्याक्सिन आजबाट लगाउन सुरु गरेको छ ।
महामारीको रुपमा फैलिएको लम्पी स्किनले सयौं घरपालुवा पशुचौपाय प्रभावित भएपछि नगरपालिकाले निःशुल्क भ्याक्सिन लगाउने तयारी गरेको हो । भ्याक्सिन लगाउने काम पथरी शनिश्चरे वडा नं. २ बाट सुरु गरिएको छ ।