प्रमुख प्रशासकीय अधिकृत राईलाई नगरमा स्वागत

प्रमुख प्रशासकीय अधिकृत राईलाई नगरमा स्वागत

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका शशी राईलाई नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, लेखा प्रमुख पिताम्वर वस्ती, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं. २ का अध्यक्ष नैना राई र नगरपालिकाका कर्मचारीको समूहले प्रमुख प्रशासकीय अधिकृत राईलाई स्वागत गरेको हो ।

नगरपालिकाका कर्मचारी लुकनाथ पोख्रेलले सञ्चालन गर्नुभएको स्वागत कार्यक्रम पश्चात् परिचयात्मक कार्यक्रम पनि गरिएको थियो । यस्तै अधिकृत राईले पदभार ग्रहण गर्नुका साथै नगरको शाखाहरुको अनुगमन निरीक्षण गर्नुभएको छ ।

सम्बन्धित खवर