आमगाछीमा वडा स्तरीय सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति गठन

आमगाछीमा वडा स्तरीय सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति गठन

रंगेली, मोरङको रंगेली वडा नं ५ आमगाछीमा वडा स्तरीय सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति गठन गरिएको छ ।

आइतबार वडा कार्यालयको प्राङ्गणमा सरोकारवालाहरुको भेला बोलाएर सो समिति गठन गरिएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधी, आमगाछी स्वास्थ्य चौकीका प्रमुख मुकेश कुमार मण्डल,ससस्त्र प्रहरी बल धनापतट्टीका इन्चार्ज नारायण प्रसाद सुबेदी, प्रहरी चौकी अंगाछी लगायत समाजका बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

सरसफाई स्वच्छता व्यवस्थापन समिति संयोजकमा वडाध्यक्ष महानन्द मण्डल, सदस्यहरुमा वडा सचिव सत्य नारायण मण्डल, कार्यपालिका सदस्य हेमन्ती देवी ठाकुर, वडा सदस्य हिराकान्त झा, गणेश ऋषिदेव, पारो देवी सरदार, स्थानीय दिगम्बर मण्डल, स्वास्थ्य चौकी इन्चार्ज मुकेश कुमार मण्डल र तेजनारायण मण्डल गरी जम्मा ९ सदस्य समिति रहेको निर्माण भएको छ ।

यस वडामा खुल्ला दिशामुक्त अभियान सञ्चालन भएको बेलामा ९९ प्रतिशत घरमा शौचालय थियो तर हाल ६० प्रतिशत मात्रै प्रयोगमा रहेका छन् । बाकी रहेका ३९ प्रतिशतलाई पनि अनिवार्य शौचालय प्रयोग गर्न लगाएर रोग र फोहोर मुक्त वडा बनाउने सहभागीहरुले धारणा राखेका थिए ।

सम्बन्धित खवर