पथरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पथरी शनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालको भ्रमण रनिरीक्षण गर्नुभएको छ ।
आज मन्त्री बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव डा. रोशन पोख्रेल, वीर अस्पताल नेम्सका भिसी डा. भूपेन्द्र बस्नेत, कोशी प्रदेश स्वास्थ्य सचिव डा. सुधा देवकोटा, रेक्टर डा. लोचन कार्की, कोशी प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत र सल्लाहकार विश्वरुप खड्का सहितको टिमले अस्पतालको भ्रमण गर्नुभएको हो ।
नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र नगर अस्पतालका कर्मचारीहरुले संयुक्त रुपमा स्वागत सम्मान गर्नुभएको थियो ।




