मैदान व्यवस्थापन नहुदा खेलाडीलाई समस्या

मैदान व्यवस्थापन नहुदा खेलाडीलाई समस्या

दिपेश रोक्का, कानेपोखरी

खेल मैदानको व्यवस्थापन नहुँदा खेलाडीलाई सास्या हुने गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो बजारमा रहेको खेल मैदानको पनि व्यवस्थापन अहिलेसम्म भएको छैन ।

पालिका भित्र अन्य व्यवस्थित खेलमैदान कतैपनि छैनन् । व्यवस्थित मैदान नहुँदा समस्या हुने गरेको फुटबल खेलाडी एन्जल अधिकारीले बताए । स्थानीय सरकारले बजेट ल्याउने तयारीमा छ तर खेल मैदान व्यवस्थापनका विषयमा भने बजेटले छुन नसक्दा समस्या हुने गरेको खेलाडी हरुको गुनासो छ।

मैदान व्यवस्थापन नहुँदा भविष्यमा खेलाडी उत्पादन नहुने अवस्था छ । अहिले पनि पालिकाले बजेटमा नसमेट्ने हो भने कानेपोखरीमा खेलकुदको भविष्य अन्धकार रहेको खेलाडी उपेन्द्रको भनाइ छ । तत्कालका लागि मैदानको खाल्डाखुल्डी पुर्ने र फोहोरको व्यवस्थापन गर्ने काम मात्रै गरिदिए पनि खेलाडीलाई सहज हुने उनिहरूले बताए ।

सम्बन्धित खवर